पोखरामा आज १८ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप लगाइदै

पोखरा, असोज २० गते । पोखरामा आज १८ वर्षमाथिका ब्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप लगाइदै छ । पोखरा महानगरभित्रका १६ देखि ३३ नम्वर वडाका १८ वर्षमाथिका नागरिकलाई पहिलो डोज भोरोसेल खोप लगाइने भएको हो । पोखरा महानगर स्वास्थ्य महाशाखाले मंगलबार सार्वजनीक सुचना जारी गदै १८ वर्षमाथिका नागरिकलाई पहिलो मात्रा भेरोसेल खोप लगाइने जनाएको छ ।

महानगरले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनीक गरेको छ । पहिलो चरणमा १६ देखि ३३ र दोश्रो चरणमा १ देखि १५ नम्वर वडाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने छ । पहिलो चरणमा कास्कीलाई १ लाख ४० जार डोज खोप प्राप्त भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...