सार्वजनिक सवारीसाधनमा दशैँ मान्न निस्कनुभएको छ ? अपनाउनुहोस् यी उपाय

काठमाडौं । तपाईँ सार्वजनिक यातायातबाट यात्रा गर्दै हुनुहुन्छ ? कोरोनाको महामारीका बीच आएको दशैँ, तिहारजस्ता पर्वहरूमा सवारीसाधनमा अत्यधिक यात्रु हुनेभएकाले सावधानी अपनाउनुपर्ने भएको छ । कोरोना भाइरस फलाम वा फलामजन्य वस्तुमा लामो समय जीवित रहन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले बताइसकेको छ ।

कोरोना भाइरस बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी छ । केही समयअघि भएको एक अध्ययनअनुसार एयर कन्डिसन बस र मेट्रो ट्रेन वा अन्य सवारीसाधनमा कोरोना पोजिटिभ व्यक्तिको साथमा यात्रा गर्नु तपाईँलाई समस्या बन्न सक्दछ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)का अनुसार केही शोधकर्ताहरूले मिलेर एक रिपोर्ट प्रकाशित गरेका छन् । उक्त रिपोर्टका अनुसार वार्ता गरिने ठाउँबाट पनि हावाको माध्यमबाट कोरोना सर्नसक्ने र कोरोना पोजेटिभ मानिस भएको ठाउँ र ऊ बसेको ठाउँमा पनि ३० मिनेटसम्म जिउँदो रहनसक्ने बताइएको छ । साथै संक्रमित व्यक्तिभन्दा टाढा ४-५ मिटरसम्म कोरोना फैलिन सक्छ ।

चीनको हुनान प्रान्तमा भएको यो शोधमा १५ जना मानिसहरूलाई सामेल गरिएको थियो । ती सबै जना एक बसमा यात्रा गरिरहेका थिए । बसमा बसेका बिनामास्कवाला एक व्यक्तिको माध्यमबाट १५ मध्ये २ जनालाई कोरोना भाइरसको संक्रमण देखा परेको थियो । अझ बिनामास्कका उक्त व्यक्ति बसबाट झरेपछि ३० मिनेटसम्म कोरोना त्यहाँ रहेको थियो ।

विश्वभर नै भयावह रूपमा फैलिँदै गरेको कोरोना भाइरसको विषयमा विकसित देशहरूले ठूलो जनशक्ति खर्चिएर औषधि पत्ता लगाउन खटिरहेका छन् । अहिले खोप उपलब्ध भए पनि यो दिगो समाधानको उपाय भने होइन । हालसम्म यसको पूर्ण औषधि पत्ता लागेको छैन ।
गत डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त भएका बेला यसको असरबाट नेपाल पनि मुक्त हुन सकेको छैन । बरु संक्रमण दिनानुदिन बढिरहेको छ । विश्वलाई आक्रान्त पारेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा निकै ठूलो धक्का पुगेको छ । विकासशील देशहरू यसको चपेटामा नराम्ररी परेका छन् । मानिसको स्वास्थ्य अवस्था बिग्रँदो छ ।

कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरूका अनुसार यो भाइरस अत्यधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिँगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा, थुक्दा, संक्रमितले फेरेर श्वास, सिँगान, खकार, उसले प्रयोग गरेका सामान, दिसापिसाब आदिमा यो भाइरस रहन्छ । हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरूमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

हावाको माध्यमबाट,प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि), भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा कोरोना भाइरसको संक्रमण हुनसक्छ । त्यसैले यस्ता कुरामा सावधानी अपनाउनुपर्छ ।

लक्षणः
ज्वरो आउने
रुघा लाग्ने खोकी लाग्ने
छाति दुखेजस्तो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने
सुख्खा खोकी लाग्ने
श्वास फेर्न गाह्रो हुने
घाँटी, टाउको तथा जिउ दुख्ने
तर धेरैलाई लक्षणबिना नै कोरोना संक्रमण पुष्टि भएको छ । यसकारण हरेक व्यक्रिलाई संक्रमितको नजरले हेरी आफू सावधान र सचेत रहने ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

– नियमित साबुन पानीले हात धुने र हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
अथवा घरमा आइसोलेसन बस्ने

– सार्वजनिक जमघटहरूमा कम उपस्थित हुने

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...