बजेट उत्पादन केन्द्रित हुनुपर्छः मन्त्री बराल

पोखरा, कार्तिक १४ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यको मुल बजेट नै उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटि वडा नम्बर ३ को शुभकामना आदान प्रदान तथा स्वागत एवं सम्मान कार्यक्रममा आइतबार बोल्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो“हामीले आत्मनिर्भर अर्थ बनाउने कुरा, स्वाभलम्बि बन्ने कुरासंगै सुखि बन्ने कुरा गरे पनि बास्तवमा देशको मुल बजेट नै उत्पादनमा केन्द्रित गर्न नसके विदेशबाट कमायर ल्याएको रेमिट्यान्स बस्तु खरिदमै बाहिरिने छ । ” नेपाल कृषि प्रधान देश भएको नाताले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बस्ती उत्पादमना बृद्धि गर्न नसके विदेशबाट कमाई ल्याएको पैसा बस्तु खरिदमा पुनः विदेशी जाने मन्त्री बरालको चिन्त्ता थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा गरिएको पन्चे बाजा सहितको भव्य स्वागत तथा सम्मानले आफ्नो निर्वाचन क्षेत्रमा स्थानिय जनताको जीवनस्तरमा बृद्धि विकास हुने गरी आवश्यकताको आधारमा केही न केही सहयोग गर्ने मन्त्री बरालले वचन दिनु भयो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहनु भएको मन्त्री बरालले माओबादीले नेपाली जनताको शिर झुकाउने कुनै काम नगरेको दाबी गर्नु भयो ।

नेकपा माओबादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले कम्यूनिष्ट पार्टीलाई स्वदेशी तथा विदेशी शक्ति लागेर विभाजन गरेको दाबी गनु भयो । माओबादी शक्ति निर्णायक शक्तिको रुपमा रहेको उहाँले बताउनु भयो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुर्यप्रसाद लम्सालले घाचोकमा पर्यटन चक्रपथ मार्ग निर्माणको लागि आवश्वक बजेटको जोहो गर्नुपर्ने बताउनु भयो । कागेंसका वडा कमिटि सभापति कृष्णकुमार श्रेष्ठले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई सवै मिलेर उचित राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनु भयो ।

माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटि वडा नम्बर ३ का अध्यक्ष गोपाल पोखेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी कास्कीका सदस्यहरु प्रविणा अधिकारी, भिमबहादुर बि.क.(क्षितिज), माओबादी माछापुच्छ«े गाउँकमिटिका अध्यक्ष बैकुण्ठ भण्डारी, स्थानिय रविलाल पोखरेल, माछापुँच्छ«ेका पुर्व गाविस अध्यक्ष विशेश्वर प्रसाद लम्साल, पार्टीका गाउँकमिटिका सल्लाहकार चित्रनाथ लम्साल, उपाध्यक्ष नारायण दवाडी, सचिव पदम नेपाल लगायतले वोलेका थिए ।

स्थानिय आमा समुह सहितका विभिन्न व्यक्तिहरुले मन्त्री बराललाई पन्चे बाजा सहित फुलमाला लगायर स्वागत तथा सम्मान गरेका थिए । उक्त अवसरमा माओबादीमा प्रबेश गरेकालाई मन्त्री बराल, अध्यक्ष पोखरेल सहितको टोलीले अविर तथा फुल माला लगायर स्वागत गरिएको थियो । पार्टी प्रबेश गर्नेहरुमा जीवन नेपाली, दुर्गा मिजार, पूर्ण नेपाली, हरी माया नेपाली, टेक बहदुर नेपाली, डम्बर नेपाली, अर्जुन नेपाली, बिष्णु नेपाली, राजकुमार नेपाली, लक्ष्मी नेपाली, मन कुमार नेपाली, सुन कुमारी नेपाली, सरस्वती नेपाली, तिल कुमारी नेपाली रहेका छन। त्यसै गरी माओबादीमा प्रबेश गर्नहरुमा शान्ति नेपाली, आसा नेपाली, समुन्द्र नेपाली, राजेस नेपाली, सुस्मीता नेपाली, ओम नेपाली, शोभा नेपाली, विर नेपाली, गोविन्द पोखरेल, केसवराज पोखरेल, बिष्णु प्रसाद पोखरेल लगातका रहेको सचिव नेपालले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...