सहकारीलाई बैंकको नक्कल गर्ने छुट छैनः मन्त्री बराल

पोखरा, कार्तिक २५ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीलाई बैंकको नक्कर गर्ने छुट नभएको बताउनु भएको छ । पोखरा ११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न भएको १० औं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीले आफ्नो निती र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिदै बैंकहरु जसरी बैंकिङ कारोवार मात्र गर्ने छुट नभएको बताउनु भएको हो ।

सहकारीले उद्यमशिल र आत्मनिर्भर तथा स्वरोजगार सृजना गर्न तर्फ केन्द्रित हुनु पर्ने बताउदै मन्त्री बरालले पैसाले पैसा किन्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । अझै घर घरमा पुरुषबाद हाबी भएको दाबी गर्दै मन्त्री बरालले पुरुषबाद अन्त्य गर्न सवै लाग्नु पर्ने उहाँको भनाई थियो । नेकपा माओबादी गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहनु भएका मन्त्री बरालले माओबादीको कारण महिलाहरुलाई निती निर्माणको तहमा लग्ने वातावरण भएको बताउनु भयो ।

 

संस्थाका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कानूनि सल्लाहकार सुरेन्द्र थापा मगर, जिल्ला सहकारी संस्थाका निवर्तमान कोषाध्यक्ष नारायण आचार्य, सल्लाहकार आसमाया खड्का, संस्थाका उपाध्यक्ष प्रमिला तझ्या, सचिव जुना के.सी., कोषाध्यक्ष सत्यदेवी रेग्मी (खनाल), लेखा समिति संयोजक सृजना अधिकारी, व्यबस्थापक सरिता कोइराला, शिक्षा उपसमिति संयोजक बिष्णु श्रेष्ठ लगायतले सहकारीले महिलाहरुको जिवनस्तर उकास्न थप टेवा पुर्याएकोमा जोड दिनु भएको थियो ।

 

२०६८ माघ २२ गते स्थापना भएको सहकारीमा हाल २ सय ६८ जना शेयर सदस्य रहेका छन्। संस्थाको अधिकृत शेयर पूजिं ३ करोड पुगेको छ भने १ करोड ९ लाख २१ हजार १ सय रुपैया चुक्ता शेयर पूजिं रहेको संस्थाले जनाएको छ । संस्थाको जगेडा सहित अन्य कोषहरु गरी १२ लाख ३१ हजार १ सय ७२ रुपैया रहेको छ । संस्थाले अघिल्लो बर्ष १ करोड ७४ लाख ७३ हजार कर्जा लगानी गरेको थियो भने आर्थिक बर्ष २०७७÷०७८ मा २ करोड १८ लाख ४६ हजार कर्जा लगानी गरेको संस्थाले जनाएको छ ।

 

महिला आधार हाम्रो सरोकार, गरौं बचत हुन्छ गजब भन्ने नारा सहित स्थापना भएको सहकारीेले थोरै पूंजिले महिलाहरुका अति आवश्यकताहरु पुरा गर्न मद्धत पुगेको ऋण अनुगमन उपसमितिका सदस्य भिमा पौडेलले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...