बागलुङको ताराखोलामा भुुष पोल्ने मेला

बागलुङ, कार्तिक २६ गते ।बागलुङको ताराखोला गाउँपालिकामा ऐतिहासिक भूष पोल्ने मेला आयोजना गरिएको छ । मेलाको आज एक समारोहका बिच मूल समारोहको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले केन्द्रिकृत राज्य सत्ताले बहुसाँस्कृतिकको संरक्षण गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय र प्रदेशसरकारले स्थानीय संस्कृतिको संरक्षण गनर्’पर्ने बताउन’भयो । ताराखोलाको भ”ष पोल्ने मेला अत्यन्तै महत्वप”र्ण रहेको बताउन’भयो ।

उहाँले राजनीतिक परिवर्तनका लागि ताराखोलाका २१ जनाको बलिदान रहेको स्मरण गनर्’भयो । कार्यक्रममा मन्त्री बरालले संङ्खुगरोमा छापो हालेर जौ छर्नुभएको थियो ।अर्गल खेलकुद विकास मञ्चको आयोजनामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रदेश सांसद खिमविक्रम शाही, दीलमाया रोका, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगर, धुरकोट गा.पा.कार्यपालिका सदस्य कविता विक लगायतले वोलेका थिए ।

 

१५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदाएले ताराखोलामा प्रत्येक वर्ष कात्तिक २३ गते देखि २७ गते सम्म भुष पोल्ने पर्व मनाउछन् । अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन् । प्रत्येक पर्व कात्तिक २३ गते देखि २७ गते सम्म उनिहरुले यो पर्व मनाउने गर्दछन् । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुष पोल्ने मेलाको छुट्टै बिषेशता रहेको छ । यहाँको ऐतिहासिक मेलाको रुपमा यस पर्वलाई लिने गरिन्छ ।

 

पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका मगरहरुले मेलामा आफ्ना समुदायका मानिसहरुको मृत्यु र जन्म संस्कारसंग सम्वन्धित गोपिचन गित गाउने र नाच्ने गर्दछन्् । मेलाको अन्तिम दिन २६ गते उनिहरुले एक वर्ष भरी मृत्य भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन् । सोही दिन पुर्खाहरुले खेती गरेको सम्झनामा शखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ ।

 

अविवाहित युवा युवतिले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने विवाहितहरुले बिऊ छर्ने गर्दछन । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । मारुनी नाच्ने, नौमती बाजा बजाउने देखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साह का साथ संग्लग्न हुने गरेका छन । यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक प्रमुख पर्व भएकोले चार वर्ष देखि सार्वजनिक विदा समेत दिदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...