पोखरा, मंसिर १३ गते । नेपाली कांग्रेसका नेता रघुनाथ पौडेलले पार्टीको गण्डकी प्रदेश सभापति पदमा उमेदवारीको घोषणा गरे लगतै सोमबार पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक मार्ग २, न्युरोड स्ट्रीट नंं १४ मा सचिवालय स्थापना गरेका हुन् ।
नेपाली कांग्रेस तनहुँको २०५३ देखि २०६७ साल सम्म निरन्तर रुपमा तीन कार्यकाल जिल्ला सभापति समेत रहेका पौडेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेका थिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रदेश अधिवेशन यहि मंसिर १६ र १७ गते पोखरामा हुदैछ । पार्टीका शुभेच्छुक शुभचिन्तक कार्यकर्ताहरुका विच सम्पर्क स्थापना तथा चुनावको प्रचारप्रसारको लागि कार्यलय स्थापना गरिएको पौडेलले वताए ।
पार्टीलाई एकतावद्ध गरी संस्थागत रुपमा अगाडि बढाउदै पार्टीको गुमेको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन प्रदेश सभापतिमा लड्ने इच्छा र उत्साह देखाएको वताउँदै आएका नेताले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला लगायतका नेताहरुको साथ र समर्थन रहेको वताए ।