सहकारीलाई उद्धेश्य केन्द्रित उद्यमीहरुको संगठन बनाउन जरुरी छः मन्त्री बराल

पोखरा, पुस ३ गते । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीलाई उद्धेश्य केन्द्रित उद्यमीहरुको संगठन बनाउन जरुरी भएको बताउनु भएको छ । पोखरा ८ सिद्धार्थचोकमा रहेको स्मार्ट उत्पादन सहकारी संस्थाको दोश्रो बार्षिक सधारण सभाको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले सहकारीलाई लक्ष्य र उद्धेश्य अनुरुप उद्यमीहरुको संगठनको रुपमा आवश्यक भएको बताउनु भएको हो ।

नेपालको अर्थतन्त्र दीन प्रतिदिन कमजोर बन्दै गएकोमा चिन्त्ता व्यक्त गर्दै मन्त्री बरालले अर्थतन्त्रलाई उत्पादन केन्द्रित गर्नुपर्ने बताउनु भयो । केवल पैसाले पैसा किन्ने मात्र गर्दा थप चुनौतीको सामना गर्नुपर्ने अबस्था सृजना भएको उल्लेख गर्दै मन्त्री बरालले उत्पादनमा जोड दिदा रोजगारको वातावरण भएमा उर्जाशिल श्रम बहिरगमन हुनबाट बचाउन सकिने दाबी गर्नु भयो । स्वदेशमा चाहिने बस्तु उत्पादन गर्ने जिम्मा सहित सहकारीलाई अघि बढाउनु पर्ने उहाँको जोड थियो । पुंजि, श्रम उत्पादनका साधन भएकोले ठिक ढंगले संचालन गनृ सक्नुपर्ने मन्त्री बरालको भनाई छ ।

 

माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले नेपालको राजनीतिक अबस्था हाल निकै जटिल अबस्थाबाट अघि बढेकोले एमसीसीको बिषयमा जनताहरु अलि सचेत र सजग हुन आग्रह गर्नु भयो । देशमा अस्थिर राजनीति हुँदा विकास निर्माण त्यसको प्रत्यक्ष मारमा पर्ने उहाँको भनाई थियो । कार्यक्रममा वोल्दै राष्ट्यि सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डेले अनुदानका कार्यक्रमले ठुला भनौंदा किसानहरुले मात्र मुनाफा लिएको दाबी गरे । अनुदानका कार्यक्रम तल्लो तहको किसानको पहुचमा पुराउन सहकारीको माध्यमबाट लागु गर्ने पर्ने उहाँको माग छ ।

 

संस्थाका अध्यक्ष बलराम गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कमल बहादुर भुजेल, सविच केदार प्रसाद कोइराला लगायतले वोल्नु भएको थियो । तीन बर्ष अघि स्थापना भएको उक्त सहकारीमा हाल १ सय २१ महिला सहित २ सय ८२ जना सदस्य रहेका छन्। उक्त सहकारीले पोखरा २२ पुम्दी भुम्दीमा करिब ८० वटा बाख्रा पालन समेत गर्न सुरु भएको छ । सहकारीले दुध प्रशोधन केन्द्र र सावुन उद्योग खोन्ने तयारी गरेको उपाध्यक्ष भुजेलले बताउनु भयो । सहकारीको शेयर पुंजि १ करोड १६ लाख ४४ हजार १ सय रहेको छ भने १ करोड ८६ लाख ९४ हजार ६ सय ६४ रुपैया उत्पादनमा लगानी गरेको अध्यक्ष गौतमले बताउनु भयो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...