पोखरा, माघ ६ गते ।पछिल्लो २४ घण्टामा ४ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की कोरोनाका हट स्पट बनेको छ । पछिल्लो समय कास्कीमा कोरोना संक्रतिको संख्या तेब्बरले बृद्धि भएको छ ।
बिहिबार कास्कीमा २ सय ४१ जना संक्रमित थपिएका थिए भने बुधबार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यत्तै विहिबार स्यांजामा १२४, तनहुँमा ६९, नवलपरासी पूर्वमा ६१, लमजुंगमा ४५, गोरखा ४०, बागंलु ३७, पर्वत १६ र मुस्तांगमा १ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा शुक्रबारसम्म २१ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् भने ६२७ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
गण्डकी प्रदेशमा ९ सय नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो विवरण अनुसार १७ सय दुई जनाको स्वाव परीक्षणमा ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार गोरखा नगरपालिका ११ का ४० वर्षिय पुरुष र पर्वत कुश्मा नगरपालिकाका २३ वर्षिय संक्रमित महिलाको मृत्यु भएको छ ।
पुरुषमा शुक्रबार र महिलालाई विहिबार संक्रमण पुष्टि भएको थियो । गण्डकीमा शुक्रबार सम्म सक्रिय संक्रमितको संख्या ४१ सय १७ जना पुगेका छन भने ८७ हजार ३ सय ३७ जना निको भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट गण्डकीमा १४ सय ३२ जनाको मृत्यु भएको छ ।