पोखरा, माघ १४ गते ।नेकपा (एमाले) जिल्ला कमिटि कास्कीले कास्की जिल्लामा रहेका पालिका कमिटिका पदाधिकारी, निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचित जिल्ला कमिटि सदस्यहरुसंग छलफल गरेको छ । दशाँै जिल्ला अधिवेशनबाट निर्वाचित कमिटिका पदाधिकारी, केन्द्रीय, इन्चार्ज र सहइन्चार्ज सहित क्षेत्र गत रुपमा जिल्ला कमिटिमा निर्वाचित सदस्यहरु, पालिका कमिटिहरुसंग सल्लाह र सुझाव लिन बैठक गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको तेश्रो लहरका कारण जिल्ला कमिटिको पूर्ण बैठक बस्ने अवस्था नभएपछि २५ जना भन्दा बढि नहुने गरी क्षेत्रगत रुपमा निर्वाचित सदस्यहरुसंग अन्र्तरक्रियात्मक रुपमा बैठक आयोजना गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । पालिकास्तरका बैठकहरु सम्वन्धित पालिकामै आयोजना गरिने अध्यक्ष गुरुङले बताउनुभयो । यसैवीच शुक्रबार कास्की क्षेत्र नम्वर ३ बाट जिल्ला कमिटिमा निर्वाचित सदस्यहरुसग बैठक सम्पन्न भएको छ । क्षेत्र नम्वर ३ मा विभिन्न क्षेत्रबाट जिल्ला कमिटिमा निर्वाचन २४ जना सदस्यहरुले आआफना भनाई राख्दै पार्टीलाई बैचारीक र राजनीतक रुपमा एकताबद्ध बनाउदै जनताको वीचमा जानुपर्नेमा जोड दिए ।
अव हुने तीनै तहको निर्वाचनमा एमालेलाई कास्कीमा प्रमुख पार्टीका रुपमा उभ्याउदै विगतको विरात कायम राख्ने गरी योजनाबद्ध रुपमा अगाडी बढनुपर्नेमा जोड दिए । उनीहरुले एमाले नेतृत्वले गरेका कामलाई जनताको वीचमा लैजानुपर्ने, कार्यकतालाई प्रशिक्षित गर्नुपर्ने, पार्टीलाई एकताबद्ध गराउदै संगठनका गतिविधिलाई चलाएमान बनाउनुपर्ने, जनप्रतिनिधि र पार्टीवीचको सम्वन्धलाई सुदृढ बनाउदै विकास निर्माणमा लाग्नुपर्ने, क्षमता, योग्यता र दक्षताका आधारमा जिम्मेवारी दिनुपर्ने लगायतका सुझाव दिए ।
जिल्ला सदस्यहरुको सुझावपछि बोल्दै एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भिम कार्कीले एमालेको विधान महाधिवेशनले नीति र दशौँ राष्टिय महाधिवेशनले नेतृत्य चयन गरेको बताउदै अव नीति र नेतृत्वलाई स्थापित गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले नीति र नेतृत्व स्थापित गरेर मात्रै पार्टी बलियो हुने बताउदै भन्नुभयो,‘ संगठनात्मक अराजकता अन्त्य गर्नुपर्छ । नेतृत्वका विरुद्ध गरिने गतिविधिले पार्टीलाई सहयोग पुग्दैन । केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र जिल्ला अध्यक्ष मनबहादुर गुरुङको नेतृत्वलाई स्थापित गरेर अगाडी बढेमात्रै पार्टी सफल हुन्छ ।’ उहाँले निर्वाचनबाट पार्टीलाई योग्दान पुर्याएका योग्य साथीहरु बाहिर रहेको बताउदै अव सबैलाई समेटेर अगाडी जानुपर्ने बताउनुभयो ।
उहाँले अव सबैको ध्यान निर्वाचनमा केन्द्रीयत गर्नुपर्ने उल्लेख गदै एमालेलाई अत्याधिक बहुमत सहित विजयी गराउदै विकास र समृद्धिको यात्रालाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।उहाँले वर्तमान परमादेशी सरकारले गरेका गलत कामका विरुद्ध जनताको वीचमा लैजानुपर्ने बताउदै पार्टीका प्रवेश अभियान सञ्चालन गर्नुे बताउनुभयो । केन्द्रीय सदस्य एवं निवर्तमान कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीलाई बलियो बनाउदै योजना बनाएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।उहाँले आफनो कार्यकालमा कास्कीमा जति बेला निर्वाचन भएपनि प्रथम र ठूलो पार्टी बनाउने उद्देश्यले लिएर अगाडी बढेको बताउदै त्यो सफल भएको दावी गर्नुभयो ।
उहाँले वर्तमान जिल्ला कमिटिले पनि आफनो योजना बनाएर अगाडी बढन सुझाव दिनुभयो । एमाले केन्द्रीय सदस्य राजिव पहारीले एमाले नेतृत्वमा भएका कामको प्रचार गर्नुपर्ने र एमालेका कार्यकताको जीवनशैली र आचरण जनतालाई पाच्य हुने खालको हुनुपर्नेमा जोड दिनुभयो । एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले एमाले नेतृत्वको सरकारले गरेका कामहरुको स्वेतपत्र निर्माणको तयारी गरिरहेको बताउनुभयो । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बैनबहादुर क्षेत्री अधिकारीले गर्नुभएको थियो भने बैठकमा उपाध्यक्ष तेजनारायण अधिकारी, उपसचिवद्धय दर्शन लामा र नवराज ओझाको पनि उपस्थिति रहेको थियो ।