पोखरा, फागुन ८ गते ।पोखरामा भिषण असिना परेको छ ।
आज दिउसो एक्कासी भिषण असिना पानी परेको हो । सडकमा सवारीनै चल्न सक्ने गरी पोखरामा अहिलेसम्मकै बाक्लो असिना परेको हो । झण्डै एक घण्टा परेको असिना पानीले सडकमा सवारी चलाउनै मुश्किल परेको थियो ।
तस्वीर सामाजिक सञ्जाल ।
असिना पानिले कृषिमा क्षेत्रमा ठूलो असर परेको छ । किसानले लगाएको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा ठूलो क्षति पुगेको छ । क्षतीको पूर्ण विवरण आइनसकेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।