पोखरा, फागुन ९ गते । पोखराको पर्यटकीय केन्द्र फेवातालको पानी सतह घटाइने भएको छ । फेवातालमा निर्माण गरिएको बाँध खोलेर पानीको सतह घाइने भएको हो । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीले एक सुचना प्रकाशित गरी फेवातालको बाँध खोलि पानीको सहतह घटाएर निर्माण कार्यमा सहजिकरण गरिने जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर १७ अन्र्तगत सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि करिव एक सय मिटर पश्चिम रहेको सिचाई नहरमा पर्ने कल्भटलाई सडक डिभिजन कार्यालय पोखरा मार्फत दुवै तर्फ चौडा गर्ने कार्यक्रम रहेको डिभिजन प्रमुख किरण आचार्यले जनाएका छन् ।
तालको सतह घटाउनका लागि फागुन १० देखि आउदोँ बैशाख ३० गतेसम्म तालको बाँध खोलि पानिको सतह घटाउने जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीले जनाएको छ ।
सो अवधिमा फेवाताल वरपर तथा फेवाताल भन्दा तल बसोबास गर्ने आम सर्वसाधारण नागरिक, निर्माण व्यवसायी लगायत सरोकारवाला सबैमा पर्न जाने असुविधा प्रति कार्यालयले क्षमाप्राथि छ ।