टी–२० क्रिकेट लिग राईजिङसँग माछापुच्छे पराजित

पोखरा, फागुन १४ गते ।कप्तान अमृत गुरुङले व्याटिङ र बलिङमा अलराण्डर प्रदर्शन गरेपछि राईजिङ क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई दुई विकेटले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत राईजिङले माछापुच्छ«े क्लबले दिएको १२८ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्यो । अन्तिम ओभरको चार बलमा दुई रन आवश्यक परेको अवस्थामा स्ट्राईकमा रहेका कृष्ण पौडेलले विजयी सट हिर्काए । तीन बल बाँकी छँदा जित निकाल्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपमा राईजिङले दुई अंक जोड्यो ।


अमृत गुरुङले २७ रन हिर्काउँदै जितको आधार तयार पार्दा उनकै बलिङमा माछापुच्छ«े क्लबले भने धरासायी बन्न पुग्यो । गुरुङले ४–०–२१–३ को बलिङ स्पेलमा माछापुच्छ«े १२७ रनमा सबै विकेट गुमाउन पुग्यो । अर्का बलर विशाल रिमालले ३ ओभरमा ७ रन दिएर २ विकेट लिए । टस जितेर व्याटिङ गरेको माछापुच्छ«े क्रिकेट क्लबले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा माछापुच्छ«ेले अभिषेक थापाको २७ रनको इनिङ्समा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियाउे । ऋतिक थापा मगरले १८ रन बनाउँदा पुजन शर्माले १५ रनको योगदान रह्यो । जवाफी व्याटिङ गरेको राईजिङले आठ विकेटको क्षतिमा तीन बल बाँकी हुदाँ १२८ रनको चुनौतिलाई पन्छाएको थियो । कृष्ण पौडेलले अविजित २० रन जोडेपछि जित पक्का बनायो । निर्मल क्षत्रीले १७, विमल विक्रम खत्रीले १६ रनको योगदान दिए । विमल र कृष्णले पाँचौ विकेटको लागि ४८ रनको साझेदारी निभाउँदै जित उन्मुख बनाएका थिए ।

बलिङ तर्फ अभिषेक थापाले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । प्रवीण ढकालले २ ओभरले १६ रन दिएर २ विकेट लिएका थिए । २ विकेट २७ रन लिएका राईजिङका अमृत गुरुङ खेलको प्लेयर अफ दि म्याच घोषित भए । कास्की क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब बीचको खेल अंक बाँडियो । मैदान र पीचको अवस्था अनुसार अम्पायरले २० ओभरबाट खेल १० ओभरमा घटाएका थिए । ओभर घटाईएको खेल खेल्न दुवै क्लबले अस्वीकार गरे । दुवै क्लबले खेल्न अस्वीकार गरेपछि अम्पायरको निर्णय अनुसार क्रिकेट संघले दुवैलाई एक–एक अंक प्राप्त गरेको जानकारी गरायो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...