पोखरा, चैत ३ गते । नेपालीहरुको मौलिक पर्व फागुपूर्णिमा(होली) पोखरामा पनि धुमधामका साथ मनाइयो । पर्यटकीय नगरि पोखरामा स्वदेशीदेखि विदेशी पर्यटकहरु होलीमा रमाए । होलीको अवसरमा विभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका थिए । आपसी सद्भाव कायम राख्दै विभिन्न रंग दलेर शुभकामना साटासाट गरेर होली पर्व मनाइएको छ ।
पोखराका सडकमा समुह समुहमा यूवायूवतीेदेखि बालबालिका रङ लगाउदै होली मनाएको देखिन्थ्यो । त्यस्तै रेष्टुरेट बार एशोसियनसन (रेवान)ले होली महोत्सवको आयोजना ग¥यो । लेकसाइमा आयोजना गरिएको होली महोत्सवमा विदेशी पर्यटक समेत रमाएका थिए । उनीहरु पनि एक आपसमा रङगीविरङगी रङ लगाउदै होलीमा रमाए् ।
रेवानले पञ्चेबाजा सहित आयोजना गरेको होली महोत्सवमा विदेशी पर्यटकहरु नाच्दै रंग लगाउदै रमाए । विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण दुई वर्ष लेकसाइडमा होली महोत्सव हुन सकेन् । यस वर्ष भने रेवानले महोत्सव आयोजना गरेको हो । लेकसाइडमा होली खेल्न जानेहरुको भिड थियो भने सडकमा सांगितीक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।
आफनो कला र संस्कृतिको बारेमा विदेशीलाई जानकारी दिदै पर्यटनलाई त्यसको महत्व बारे जानकारी दिने उद्देश्यले रेवाले प्रत्येक वर्ष होली महोत्सवको आयोजना गदै आएको छ ।
साँस्कृतिक पर्व होली मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको रेवानले जनाएको छ । नेपाली कला संस्कृतिको प्रचार गदै बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले होलीलाई महोत्सवका रुपमा मनाउन थालिएको हो ।
लेकसाईको पाँच किलोमिटर क्षेत्र पर्यटक र पोखरेली युवायुवतीको भिडले भरिएको थियो । विशेष गरि होलीमा सवैको रोजाई लेकसाइड पर्ने भएकाले भिड हुने गर्छ । प्रहरीलाई भिड ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । सडकमा विभिन्न सांगीतिक कार्यक्रमहरु गरिएका थिए भने लाइभ ब्याण्डहरुको प्रस्तुतीसैगै होली फेष्टिभलमा रमाउन पुग्नेहरुको भिडे थियो ।
यसैविच पत्रकार महासंघ कास्कीले पनि होली कार्यक्रम गरेको छ । पत्रकार महासंघले आफनै भवनमा होली कार्यक्रम आयोजना गरेको हो । पत्रकारहरुले एक आपसमा रङ दलेर सद्भाव सहित होली मनाए । होलीले मित्रतालाई बलियो बनाउन भुमिका खेल्ने बताउदै आफनो संस्कृतिको संरक्षणका लागी कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले बताउनुभयो ।
होली पर्वले सम्पूर्णमा सद्भाव कायम गदै संस्कृतिको जर्गेनामा भुमिका खेल्ने बताउनुभयो ।पत्रकार संघ कास्कीका सचिव माधव बरालले नेपाली वीचको एकता कायम गदै सांस्कृतिक पर्व होलीको महत्वलाई जिवन्त राख्ने बताउनुभयो । सधै समाचार लेख्न ब्यस्त हुने पत्रकारहरु एकआपसमा होली खेल्दै नाचेर रमाएका थिए ।