शनिबारीय टी–२० माछापुच्छे र साग्रिलाको जित

पोखरा, चैत ६ गते ।कास्की क्रिकेट क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै सांग्रिला क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा तेस्रो जितसँगै फाईनल प्रतिस्पर्धाको लागि सम्भावना जोगाई राखेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले दिएको १११ रनको चुनौतिलाई सांग्रिलाले १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा पुरा गर्यो ।

टस जितेर व्याटिङ गरेको कास्कीले कप्तान विष्णुप्रसाद शर्माले अविजित ३७ योगदानमा ११० रनको योगफल तयार पार्यो । शमाले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । रोहित चन्दले ३७ बलमा २३ रनको योगदान दिए । अन्य व्याटरको योगदान खासै देखिएन् । बलिङ तर्फ सुदिप पौडेल र राजु तामाङले समान २÷२ विकेट लिए ।

१११ रनको चुनौति पछ्याएको सांग्रिला क्रिकेट क्लबले सुदिप पौडेलको३० रनको महत्वपूर्ण योगदानमा रोमाञ्चक जितको हकदार बन्यो । कप्तान विपिन खत्रीले पनि अविजित २२ रनको पारी खेल्दै जितसम्म डोहोर्याए । उनले १२ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे । प्लेयर अफ दि म्याच सुदिप पौडेलले २४ बल खेल्दै ३० रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए । अरुण अधिकारीले मध्यक्रममा २७ रनको योगदान दिएपनि जितको आशा पलाएको थियो ।

बलिङ तर्फ विश्वास पराजुलीे ३ विकेट लिए । विष्णुप्रसाद शर्मा र आयुष सैजुले २÷२ विकेट लिए । यसैगरी अर्को खेलमा माछापुच्छ«े क्रिकेट क्लबले अरण्यज्योति क्रिके क्लबलाई ६९ रनले पराजित गरेको छ । टस जितेर अरण्यज्योतिले क्षेत्ररक्षण रोजेपछि कप्तान दिपेश खत्रीको अर्धशतकीय पारीमा १२८ रनको योगफल तयार पारेको थियो । ४६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए । मनोज कोइरालाले २१ रन बनाउने क्रममा ३१ बल खेल्दै २ चौका प्रहार गरे । त्यस्तै अभिषेक थापा र अभिषेक यादवले समान १६÷१६ बनाए ।

 

बलिङ तर्फ विधान श्रेष्ठले ३ विकेट लिए । १२९ रनको चुनौति पछ्याएको अरण्यज्योति क्रिकेट क्लबले मोहम्मद खालिदको १७ र विधान श्रेष्ठको १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बनाउन चुक्दा केवल ५९ रनमै समेटियो । बलिङ तर्फ प्लेयर अफ दि म्याच प्रविन ढकालले ४ विकेट लिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा र वाईनकिङको मुख्य प्रायोजनमा सञ्चालित वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियसिपको आगामी १२ गते शनिबार दुई खेल खेलाईने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...