पोखरा, चैत १३ गते ।पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा पहिलो पटक आयोजना हुन लागेको“न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८” को तयारी पुरा भएको छ । पोखराको सभागृहमा आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी भएको महागनर न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा सहभागी हुन झण्डै सात न्यायिक समिति संयोजक र सदस्यहरुको सहभागीता रहने न्यायिक समिति सदस्य किशोर बरालले जानकारी दिनुभयो ।दुई सय ५० बढि पालिकाबाट सहगीतहरु आउने जानकारी गराएको उहाँले बताउनुभयो । ‘आजसम्मको जानकारी अनुसार देशभरबाट सात सयको हाराहारीमा उपस्थिति हुने पक्का जस्तै छ । न्यायिक समिति संयोजक र सदस्यहरुहरुलाई निमन्त्रण गरेका छौ ।’ सम्मेलनमा सहभागीताका लागि ७५३ वटै पालिकामा पत्राचार गरिएको न्यायिक समिति सदस्य एवं अतिति सत्कार उपसमितिका संयोजक पार्वती कार्कीले जानकारी दिनुभयो । खवर गरेका मध्य आधा पालिकाले आउने जानकारी दिएको उहाँको भनाई छ । सम्मेलन स्थल पोखरा सभागृहलाई आकर्षक बनाइएको छ । सम्पूर्ण तयारी पुरा भएको छ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो,‘अव हामी सहभागीको स्वागत र उद्घाटको पखाईमा छौ ।’
यो सम्मेलन नयाँ हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै पाँच वर्ष पुग्न लागेको छ । स्थानीय तहमा न्यायिक समितिको अभ्यास नयाँ हो । पाँच वर्षको समयमा न्याय सम्पादनमा भएका असर र राम्रा अभ्यासको आदान प्रदान गदै त्यसमा देखिएका अस्पष्ता र चुनौतीहरुलार्ई समाधानका लागि घोषणापत्र जारी गदै प्रदेश तथा सघ सरकारलाई बुझाइने आयोजकको भनाई छ । कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, राजनीतिक दलका जिल्लास्तरीय नेताहरुको सहभागीता रहने छ ।