पोखरा, चैत १८ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ स्थित वडा स्तरिय कृषि संजालले विहिबार आयोजना गरेको कृषि सामाग्री वितरण गर्दै मन्त्री बरालले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको हो ।

परम्परागत कृषि प्रणालीले निर्वाहमुखी मात्र हुने हुदाँ कृषिलाई समय अनुसार प्रविधिको प्रयोग गरी कृषिबाटै व्यावसायीक हुने अबस्था सृजना गर्न सकिने उहाँको भनाई थियो । प्रदेश सरकारले बाजो जमिनलाई कसरी हुन्छ पुनः खेति वाली गर्ने गराउने वातावरण सृजना हुने कुनै बिषेश कार्यक्रम ल्याउन चाहेको समेत मन्त्री बरालले बताउनु भयो । बाजो जग्गामा खेति गर्नेहरुलाई सरकारले प्रोत्साहन स्वरुप केही अनुदानको कार्यक्रमः समेत ल्याउने तयारी गरेको उहाँले खुलासा गर्नु भयो । नेपालमा रहेका बाजो जग्गामा खेति वाली गरे अबौं रुपैयाको आयात हुने खाद्य पदार्थलाई रोक्न सकिने मन्त्री बरालको भनाई थियो ।
वडा स्तरिय कृषि संजाल पोखरा २२ ले स्थानिय किसानलाई कृषि सामाग्री (टनेल प्लाष्टिक, असिना छेक्ने जाली, लहरेवालीमा थाक्रोको लागि फलामको पाइप) वितरण कार्यक्रममा ५० जनालाई प्लाष्टिक, २० जनालाई फलाम र २० जनालाई जाली सहयोग गरिएको संजालका अध्यक्ष खेमराज बरालले बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्बर २२ को ५ लाख रुपैया सहयोग र लाभान्वित किसानबाट संकलन गरिएको थप एक लाख गरी ६ लाख मुल्य बराबरको कृषि सामाग्रि हस्तान्तरण गरिएको सचिव धुर्व बरालले बताए ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले पोखरा २२ का स्थानियहरुमा थप कृषि सामाग्रि माग भएमा जोहो गर्ने बताउनु भयो । उहाँले आगामी बजेटमा कम्तिमा १५ प्रतिशत कृषिमा बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पोखरा २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, अर्को सदस्य चेतभत्त बराल, जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, वडा सचिव राम प्रसाद पौडेल, शुक्रराज माविका प्रध्यानाध्यापक नरनाथ बराल, संजालका सदस्य उमकान्त बराल लगायतले कृषि प्रबद्र्धनको लागि कम्तिमा १५ प्रतिशत बजेटको व्यबस्था हुनुपर्नेमा जोड दिनु भएको थियो ।