पोखरा, वैशाख ५ गते । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालजीवनले समाजका सबै समुदायको समुचितविकासहुनआवश्यकभएको बताउनु भएको छ । पोखरा १८ को सिमानामार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकनगर्दै मन्त्री बरालले हरेक समाजको समुचितविकास हुनु पर्नेमाजोड दिनु भएको हो ।
कुनै मसाजमाएक÷दुई जनाधनिहुदैमा समाजका सबै धनिहुननसक्ने बताउदै मन्त्री बरालले समाजका सवै मानिसहरु स–सम्मानपूर्वक बाच्नपाउने बनाउनु पर्ने उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो“ घर अगाडी चिल्लो बाटो, घर घरमै धारा जडान भएको छ तर त्यो समाजमामानिस अपमानित र हेपिएको छ भने बास्तवमा भित्रबाटै न्यायभएको महशुस हुदैन ।” माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले सामाजिकन्याय सहितको विकास आवश्यकभएको बताउनु भयो । जहाँपहुच छ त्यहाँमात्र बढी विकास भएको नेपालको परम्परा रहेको उहाँको भनाई थियो । चुनावको मुखमाविकासको नाममाविभिन्नललिपपआउने हुदा त्यस तर्फ मतदाताअब सर्तक हुनुपर्ने मन्त्री बरालको भनाई थियो ।
माओबादी केन्द्र पोखरा १८ कापुर्व अध्यक्षएवं पोखरा १८ काप्रत्यासि वडा अध्यक्ष राजु तिमिल्सिनाले न्यान सहितको अधिकार प्रदानगर्न आफ्नो स्थानियतहको निर्वाचनमाआफ्नो उमेदवारी भएको बताए । सराङकोटमा खानेपानी समस्या समाधनको लागिमन्त्री बरालको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै तिमिल्सिनाले हाल केही छुट पुट बस्तीमा पानीवितरणमा केही समस्याभएको बताए ।
माओबादी केन्द्रकायुवा नेतायुवराज खतिवडाले उक्त सडक सहितको खोलामातारजालीलगाउनव्यक्तिगत रुपमा एक लाख सहयोग गर्ने घोषणा सहितबाँकीथप सहयोग उपलब्ध गराउनपहलगर्ने जनाउनु भयो । माओबादी केन्द्र पोखरा १८ काअध्यक्ष पुर्णाखर तिमिल्सिनालेआफ्नो पार्टीले गरिब तथाविपन्न बर्गको पक्षमावकालतगर्दै आएको बताए ।