चुनावी खर्च बैंकिङ प्रणाालिबाट मात्र गर्नू : निर्वाचन आयोग

काठमाडौं । मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

आयोगले सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई उक्त निर्देशन दिएको हो ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने कुरा निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...