पोखरा, २४ वैशाख /पोखरा महानगरपालिका सहित कास्कीका बहुमत स्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने नेताहरुले दावी गरेका छन् । गठबन्धनद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनिहरुले यस्तो दावी गरेका हुन् ।
पोखरा महानगरपालिका सहित कास्कीका पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेको जनाकारी दिदैँ बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको उनिहरुले दावी गरे । केन्द्रको परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझोदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोदत्त बरालले जानकारी दिए ।
बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति गरिएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बिचमा परामर्श गरिरहेको उनले बताए ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । उनिहरुको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकिकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।