पोखरा/सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा संम्बोधन गर्न पोखरा पुगेको नेकपा-माओबादी केन्द्र- का अध्यक्ष पुष्पकमल दहाल -प्रचण्ड- ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् ।
उनले चुनाबी अभियानका क्रममा चितवनमा दिएको सोहि अभिब्यक्तिको कारण बिबादीत भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए ।
देशमा गणतन्त्रबादी र गणतन्त्र बिरोधी गठबन्धन चुनाबमा रहेको बताउँदै दहालले गठबन्धनले चुनाब जितेन भने देश दुर्घटनमा जाने कुरालाई पोखरामा पनि दो¥याएका हुन् ।
देशको संबिधान जोगाउन बनेको गठबन्धनबाट स्थानिय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाईदा हुने बताए ।