पोखरा, नेकपा (एमाले) पोखरा महानगरपालिकाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नका लागि नेकपा(एमाले)का केन्द्रीय अध्यक्ष केपि शर्मा ओली हेलिकप्टर चढेर पोखरा आएका छन् । देशभर बिभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्नपर्ने भएकाले ओली हेलिकप्टरमा आएका छन् । पोखरामा मेयरका तर्फबाट कृष्ण थापा र उपमेयरमा मञ्जुदेबी गुरुङ रहेका छन् ।
कास्की जिल्ला गण्डकी प्रदेशकै बलियो संगठन भएको कारणले गर्दा महानगरको सभालाई सम्बोधन गर्न ओली आएका हुन् ।
आईतबार मात्र पोखरामा गठबन्धन दलका शिर्ष नेताहरु सहितको सहभागितामा गठबन्धनले पोखरा महानगरपालिकामा आम सभा सम्पन्न गरेका थिए । पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा एकिकृत समाजबादीका नेता धनराज आचार्य र उपमेयर पदमा नेपाली काँग्रेसी नेतृ कोपिला रानभाटले प्रतिस्पर्धा गर्दै छीन् ।