काठमाडौँ- स्थानीय तह निर्वाचनको लागि बिहान ७ बजेबाट मतदान कार्य सुरु गर्ने भनिएकोमा ८४.४३ प्रतिशत स्थानमा समयमा नै मतदान सुरु भएको निर्वाचन पर्यवेक्षक समितिले जनाएको छ।
समितिले ९.७३ प्रतिशत स्थानमा भने ७ बजेर १६ मिनेटदेखि ७:३० सम्ममा सुरु भएको बताएको छ।
५.६० प्रतिशत स्थानमा भने ७:३१ देखि ८ बजेसम्ममा मतदान सुरु भएको जानकारी दिइएको छ।
त्यस्तै ९ वटा मतदान स्थलहरुमा भने १ घण्टा ढिला गरी मतदान सुरु भएको हो।
बिहान ११ बजेसम्म मतदान स्थलको अवस्था सामान्य रहेको पनि उनले बताएका छन्।