सर्लाही- सर्लाहीमा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ। बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
साहले मतदातालाई चुनाव चिह्न देखाएर कुनै उम्मेदवार विशेषको चिह्नमा मतदान गर्न संकेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
उक्त केन्द्रको मतदात अहिले स्थगित भएको छ। पुनः मतदान सुरु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।