पोखरा, जेठ १ गते । पोखरा महानगरपालिकामा ४६ सय मतगणना गरिएको छ । ४६ सय मत गणना हुदाँ पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको सहित अग्रता कायम गरेका छन् । अहिले पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को गणना भैरहेको छ । ४ हजार ६ सय मतगणना हुदाँ चार्यले १ सय २६ मत प्राप्त गरेका छन् ।
यता एमाले उम्मेदवार कृष्ण थापाले १ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुगले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् ।
उनीहरुको मत अन्तर १ सय ४४ को रहेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।