पोखरा, जेठ १० गते । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन् ।पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई पराजित गदै दोश्रो पटक उपमेयरमा विजयी भएकी हुने ।झण्डै पाँच हजार मत गणना हुदाँ नै उपमेयरमा गुरुङको जित सुनिश्चित भएको हो । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उपमेयर पदमा निवार्चित भएकी थिइन् ।
दोश्रो पटक पनि उनलाई नेकपा एमालेले उपमेयर पदमा उम्मेदवार बनाएको हो ।पोखरा महानगरका ३३ वटा वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । आज विहान सम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भएको छ । उक्त मत गणना हुदाँ गुरुङले ५८ हजार ५ सय ८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत प्राप्त गरेकी छन् । यता मेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजबादीका धनराज आचार्य निर्वाचित भएका छन् ।उनको पनि अन्तिम मतपरिणामा आउनु अघिनै जित निश्चित भएको छ । आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।