मेयर आचार्य र उपमेयर गुरुङद्धारा प्रस्तावित औद्योगिक क्षेत्र निर्माण स्थलको अवलोकन

पोखरा, जेठ १९ गते ।पोखराको लामेआहालमाबन्ने प्रादेशिकबसपार्क निर्माणका लागिपोखरा महानगरपालिकाले आवश्यकसहजिकरण र सहकार्यगर्ने भएको छ । महानगरका मेयर धनराजआचार्यले स्थानीयका समस्या समाधानगर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागिसहजिकरण गर्दै अग्रसर हुने जानकारी दिए ।

बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमाप्रस्तावितबसपार्कको निरीक्षण गर्दै उनले यस्तो जानकारी दिएकाहुन् । पोखराको ट्राफिक व्यवस्थापन सहजबनाउन र सहरलाई व्यवस्थितबनाउनकालागिपनिबसपार्क निर्माणप्रक्रियातत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसकालागिप्रदेश सरकारसंग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाई छ । ‘प्रदेश सरकारसंग आवश्यक सहकार्य गर्छौ । तपाईका समस्यालाई सम्बोधनगर्नेगरी हामी अगाडि बढ्छौं । बसपार्क निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्ने छ’ उनले भने ।

 

प्रदेश स्तरीय बसपार्क भनेपनिबाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बसहरु पोखरा भित्रिएरै बाहिरी जिल्लाजानेछन् । यसअघी प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोडनबनिसकेकाले पोखराकाभित्री बाटोबाटै बसहरु अन्यजिल्लाभित्रिनेगरी बसपार्कको डिपीआर तयार पारिएको छ ।लामेआहालमा ८४ हजार ९ सय ४९ स्क्वार मिटरअर्थात एक सय ७२ रोपनीजग्गाबसपार्क लागि छुट्याइने छ । सुरुमा७० प्रतिशत सार्वजनिक ३० व्यक्तिगतजग्गाभएपनिअहिले ३० प्रतिशत सार्वजनिक७० प्रतिशतजग्गाव्यक्तिको बनेको पाइएको उनले बताए ।

 

प्रदेश बसपार्कमा ८० वटा लामो दुरीमाचल्ने बस, ३० वटा सिटी बस, पेट्रोल पम्प, पसल बस्ने टहरा समेतको डिजाइन् छ । जसको लागतएकअर्ब ४२ करोड लाग्ने अनुमानगरिएको छ ।तत्काल १२० रोपनीजग्गाबसपार्क लागिप्रयोग गर्ने र बाँकीजग्गाआवश्यकताअनुरुप पछि थपगर्दै लैजाने योजना रहेको इन्जिनियर कोइरालाले बताए । अनुगमनमाप्रमुखप्रशासकीयअधिकृत बलराम रिज्याल र वडा नम्बर ३२ का वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको सहभागिताथियो । स्थानीयले आफ्ना समस्याकाबारेमाजानकारी गराएकाथिए । आफूहरुलाई अन्यायननगर्न र छिट्टै बसपार्क निर्माण गर्न उनीहरुले आग्रह गरे ।

 

त्यसैगरी गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पुडिटार स्थित औद्योगिक क्षेत्रको समस्याका बारेमापनि मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुखप्रशासकीय अधिकृत बलराम रिज्यालले अबलोकन गरेका छन् ।औद्योगिक क्षेत्र निर्माणका लागिपनि महानगरले आवश्यक सहजिकरण गर्ने सो अबसरमा मेयर आचार्यले बताए । माथिल्लो पुडिटारमा रेलिङ महानगरको तर्फबाट निर्माण गर्ने र आवश्यक संरक्षणका लागि सहयोग गर्ने उक्तअवसरमाउनले आस्वासनदिए । उक्त स्थानमा ४५ घर स्थानात्नरण गर्नुपर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...