गठबन्धन गरेर चुनाव जितिएला तर देश बन्दैन : एमाले महासचिव पोखरेल

ललितपुर, जेठ २१ गते ।नेकपाएमालेका महासचिवशंकर पोखरेलले दलहरुबीचको गठबन्धन चुनावजित्नकालागिकामलागेपनिमुलुकनिर्माणका लागिकामनलाग्ने बताउनु भएको छ ।गठबन्धनबाट मुलुकबन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमाप्रमाणित भएको कुरा हो, हाम्र्र्र्रै देशमा हेर्ने हो भने पनिएमालेलाई सक्ने उद्देश्यका साथ बनेको गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुकनिर्माणमा गठबन्धन कामनलाग्ने प्रष्ट हुने उहाँको भनाइथियो ।

एमाले पार्टी मुख्यालयललितपुरमाशनिवार सहकारी तथागरिवीनिवारण विभागको पहिलो वैठकलाई सम्बोधनगर्दै महासचिवपोखरेलले विदेशीमुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिटेयान्स लगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताउनुभयो ।एमाले भित्रपनिआगामीनिर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषयचल्नथालेको छ, चुनावजित्नकालागि गठबन्धन ठिक भएपनिमुलुकनिर्माणका लागि गठबन्धन कामलाग्दैन, महासचिवपोखरेलले भन्नुभयो–‘मुलुकनिर्माणका लागिएमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापितगर्नु पर्दछ ।’

 

राष्ट्रिय शक्तिबन्ने अवसरबाट कांग्रेस चुकेको भन्दै पोखरेलले स्थानीयतहनिर्वाचनको वस्तुनिष्ठ समिक्षा गरी त्यसकाकमीकमजोरीलाई सच्याउदै एमालेलाई शसक्त र बलियो शक्तिका रुपमा स्थापितगर्न पार्टीको सिंगो पंक्ति जुट्नु पर्नेमाजोडदिनुभयो । एमालेलाई मतदिने जनता बढेका छन्, महागठबन्धन, आन्तरिक व्यवस्थापन सुधार गर्न नसक्नु, राज्यकातर्फबाट भएको ज्यादती, पैसाको बढी चलखेल जस्ता कारणले सिट संख्यामा केहीकमीभएपनि समग्र लोकप्रियमतमाएमाले कमजोर छैन भन्ने तथ्यनिर्वाचनले पुष्टी गरेको उहाँले बताउनुभयो ।एउटा संकल्पका साथ अगाडि बढौ, पार्टीका हरेक व्यक्तिको मनमामुलुकनिर्माणको सोच हुनु प¥यो, त्यो सोचलाई पुरा गर्नका लागि कटिवद्ध भएर लाग्नुको विकल्पनभएको उहाँको भनाइथियो । हारको मानसिकतालिएर सफलभइदैन भन्दै पोखरेलले असफलतालाई सफलतामाबदल्नजिम्मेवार भएर अगाडि बढ्न आव्हानगर्नु भयो ।

समाजवाद उन्मुख अर्थतन्त्रको विकासकालागि नेपालको संविधानले तीनखम्बे अर्थनीतिअंगिकार गरेको चर्चा गर्दै महासचिवपोखरेलले पूँजिवादीहरुले सहकारी क्षेत्रलाई प्राथमिकतानदिएको आरोप लगाउनुभयो । सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यमहो, यसको प्रभावकारी परिचालनबाट गरिवीनिवारणमा योगदानगर्न सकिने उहाँको भनाइथियो ।

 

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानकालागि राज्यकानिकायसंगै सहकारी अभियानका संघ तथामहासंघहरुको सक्रियता बढ्नु पर्नेमाजोड दिदै उहाँले कृषि क्षेत्रलाई रुपान्तरण गरी गरिवीनिवारणको महत्वपूर्ण पाटोका रुपमा कृषिलाई स्थापितगर्न, उत्पादन बढाउन, बजारीकरणलाई प्रभावकारी बनाउन र वचत परिचालनमा सहकारीको भूमिका बढाउनु पर्छ, किसान सबैभन्दा बढी मर्काका परेको विचौलियाका कारण हो, विचौलियाको अन्त्यगर्न सहकारीले कसरी भूमिकानिर्वाह गर्न सक्छ ? यो विषयमा सहकारीकर्मीहरुको ध्यानपुग्नु पर्ने उहाँको सुझाव छ ।

 

कतिपय सहकारीहरु यूनिभर्सल सिद्धान्त भन्दा फरक ढंगले चलेका पनि पाइन्छ, त्यसरी चलेका सहकारीहरुका कारण सिंगो अभियानमा पर्न सक्ने नकरात्मक सन्देशकाबारेमाअभियानचनाखो हुनु पर्दछ, महासचिवपोखरेलले भन्नुभयो । एमालेका नेताकार्यकर्ता सम्वद्ध सहकारी प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ, एमालेका कार्यकर्ताले सञ्चालन गरेका सहकारीहरुको अरुले अनुशरण गर्ने गरी सञ्चालनगर्न उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...