स्थानीय तहले आज बजेट ल्याउदै, पोखराको बजेट ८ अर्ब बढि

पोखरा, असार १० गते । देशभरका स्थानीय तहहरुले आज बजेट ल्याउदै छन् । संवैधानिक व्यवस्था अन्र्तगत असार १० गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०७९ र ८० का लागि नगर, गाँउसभामा बजेट पेश गर्ने छन् ।स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको यो पहिलो बजेट हो ।वैशाख ३० गते भएको स्थानीय तहको निवार्नचन सम्पन्न भएको थियो ।

,पोखराको बजेट ८ अर्ब बढि

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ८ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । पोखरा महानगरले चालु आर्थिक वर्षको बजेट ६ अर्ब २७ करोडको बजेट ल्याएको थियो । पोखरा महानगरपालिकाको ११ औँ नगरसभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनीक गर्नेछिन् । पोखरा सभागृहमा आज दिउसो चार बजेट बजेट प्रस्तुत गरिने बताइएको छ । आज ११ बजेका लागि बजेट सार्वजनीक गर्ने निर्धारित समय तयारी नपुगेका कारण चार बजेका लागि सारिएको महानगरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...