त्रिविमा सत्तारूढ गठबन्धन सोत्तर, एमाले निकटका सबै विजयी

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी संघको केन्द्रीय समितिको १२ औं राष्ट्रिय निर्वाचनमा प्रगितिशिल समूहले शान्दार विजय हाँसिल गर्दै सत्तारूढ गठबन्धनलाई साेत्तर (क्लिनस्वीप) पारेको छ । मंगलबार राति सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको लोकतान्त्रिक प्यानललाइ शर्मानाक हार चखाउँदै नेकपा एमाले निकटको प्रगतिशिल कर्मचारी संगठनका उम्मेदवारहरू विजयी भएकाे नेतृ उमा पाण्डेले जानकारी दिइन ।

अध्यक्षमा विजयी छत्रबहादुर कार्की ।

पाण्डेले दिएको जानकारी अनुसार अध्यक्षमा छत्रबहादुर कार्की विजयी भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र लामा विजयी भएका छन । त्यस्तै अन्य पदाधिकारीमा उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, इश्वरी रेग्मी र मिङ्मादोर्जे शेर्पा विजयी भएका छन ।

त्यस्तै महासचिवमा सृजना भोगी विजयी भएकी छिन भने सचिवमा उज्जवलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री विजयी भएकी छिन ।

यस्तै सदस्यहरूमा रेनुमाया दाहाल, शान्तिकृष्ण केसी, ललित रानामगर, ज्ञानबहादुर गुरूङ, निरञ्जन थापा, मोदनाथ लम्साल, पिताम्बर पंगेनी, इन्दिरा विष्ट, नवराज बराल, विनोद श्रेष्ठ, चन्द्रबहादुर भण्डारी, सरस्वती गौतम र हरिकला अधिकारी विजयी भएका छन ।

त्रिवि कर्मचारी संघको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धन निकटका कर्मचारी वाम लोकतान्त्रिक गठबन्धन बनाउँदै चुनावमा होमिएका थिए। मदन भण्डारीको ७१ औँ जन्मजयन्तिका दिनमा नेकपा एमालेका लागि महत्वपूर्ण उपलब्धी हात परेको छ । नेपाली कांग्रेसले नेविसंघ लगाएर पछिल्लो समय त्रिविमा निरन्तर तालाबन्दी गर्दै काम गर्ने वातावरणमा समस्या सिर्जना गर्दै आइरहेको छ । यद्यपी कर्मचारीहरूले अनेक उपाय निकालेर दैनिकी प्रशासन र परीक्षाका महत्वपूर्ण काममा प्रभाव पर्न दिएका छैनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...