महानगरका मेयर र उपमेयरको सम्मेलन साउन १३ र १४ गते पोखरामा

पोखरा, साउन १० गते । महानगरपालिका मेयर, उपमेर र प्रमुख प्रशासकीय अधिकृतहरुको सम्मेलन पोखरामा आयोजना हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनमा यही साउन १३ र १४ गते सम्मेलन हुने लागेको हो ।

महानगरस्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त र थप गुणस्तरयुक्त बनाउँदै संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु÷ गराउनु आजको आवश्यकता भएको उल्लेख गर्दै महानगरले यस्तो मापदण्ड पुरा गर्दै महानगरहरूलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई संबोधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष “महानगर मेयर सम्मेलन” गर्ने प्रस्ताव गरिएको छ उल्लेख गरेको छ ।सम्मेलनमा देशभरका ६ वटै महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहने महानगरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...