पोखरा, साउन १२ गते ।नेपाली चलचित्र प्रकाश भदौ दोश्रो साताबाट प्रर्दशनमा आउने भएको छ । फिल्मको प्रचारका लागि कलाकार सहित देशदौडाहामा निस्केको टोलीले विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर फिल्म भदौ १० गते नेपाली महिलाहरुको पर्व तीजको अवसरमा प्रर्दशन हुने जानकारी दिएको छ ।
फिल्मको ट्रेलर रिलिज भैसकेको छ भने ट्रेलरमा देखिएको प्रदिपको अवतार र अभिनयलाई लिएर दर्शकले यो फिल्मप्रति चासो प्रकटको बताइएको छ ।अभिनेता प्रदिप खड्काले आफ्नो प्रदर्शोन्मुख फिल्म प्रकाशको व्यापार जस्तो भएपनि त्यसको जश रअपजश आफूले लिने बताए । प्रकाश जस्तो फिल्ममा काम गरेर आफू सन्तुष्ट रहेको उल्लेख गरे ।
निर्माता र निर्देशकले आफूलाई जुन खालको विश्वास गरेर फिल्ममा लगानीसँगै मेहेनत गरेका छन्, त्यो चिज खेर जान नदिने कुरामा आफू सचेत रहेको उनको भनाई थियो । अभिनेता प्रदिपका अनुसार प्रकाश फिल्मले नेपाली फिल्महरुको भीडमा फरक मानक स्थापित गर्ने विश्वास ब्यक्त गरे ।
आर्ट फिल्मले पनि कर्मशियल फिल्महरुले जसरी नै व्यापार गर्न सक्ने कुरा प्रकाशले पुष्टी र्गो बताए ।पत्रकार सम्मेलनमा फिल्मका निर्देशक दिनेश राउतले यसअगाडिको आफ्नो फिल्म प्रसादको उदाहरण दिँदै कलात्मक फिल्महरुले पनि राम्रो व्यापार गर्न सक्ने कुरा पुष्टी भैसकेको दाबी गरे । ‘हामीले प्रसादमा भन्दा अझै एक कदम माथि उठेर यो फिल्म निर्माण गरेका छौँ ।’ ईनिसियल्ली प्रदिपको स्टारडमका कारण फिल्महलमा दर्शक आउने अपेक्षा गरेका निर्देशक राउतले त्यसपछि भने फिल्मको कन्टेन्टकै कारण दर्शक बढ्ने ठोकुवा गरे ।
फिल्मका लेखक विकास सुवेदीले नेपालकै कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएका कलात्मक फिल्म नै अबका मुलधारका नेपाली फिल्म हुने तर्क गरे । नेपाली फिल्महरुको पछिल्लो बजारस्थितीले पनि त्यो चिजलाई अझै बढि बल दिएको उनको दाबी थियो । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव प्रभु अधिकारीले गरेका थिए ।