कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकहरूलाई तरकारी बजार सम्म र्पुयाउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताउनुभयो ।
तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिक जसो सञ्चालन गरिने यस सेवाले साना किसानहरूलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । एक पटकमा ३ टन भन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजानेछ ।