इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पु¥याएका छन् ।
गएको अप्रिलदेखियता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयले बुधबार सो कुराको जानकारी दिएको हो । इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्षयतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ ।
द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ । यसका कारण यहाँका नागरिकलाई औषधि, पानी मात्र नभएर खाद्यान्नकै समस्या पर्ने गरेको सो निकायले जनाएको छ ।
साथै अहिले पनि सो क्षेत्रमा मानवीय सहायताको आपूर्तिको व्यवस्था भइरहेको भन्दै उक्त एजेन्सीले आवश्यक सहयोगको लागि आग्रह पनि गरेको छ ।
सो एजेन्सीको सहयोगमा ६० वटा ट्रकमा सहयाता सामग्री पठाइएको पनि एजेन्सीले जनाएको छ । उक्त टिगरे क्षेत्रका विद्रोहीहरुले सुरुमा विदेशी सहायता एजेन्सीहरुलाई राहत प्रदान गर्न जान पनि दिएका थिएनन् । अहिले संयुक्त राष्टसंघको आह्वानमा सहायता पु¥याउने गरिएको सो एजेन्सीले जनाएको छ ।