कलम सहकारीको साधारण सभा

पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा वोल्दै प्रमुख अतिथि कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको सक्रियतामा खोलिएको यस कलम सहकारी मार्फत कारोवार गरेर व्यवसायी साथीहरुलाई अझ वढी आफ्नो ब्यवसाय वढाउन आग्रह गरे ।
कार्यक्रममा राष्टिय सहकारी बैकका प्रवन्धक नरेश पाण्डेले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य चन्द्रा पराजुली कलम सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार ऋषिराम शर्मा भण्डारी सहकारीका संस्थापक अध्यक्ष प्रेम वहादुर श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष बैकुण्ठ प्रसाद पौडेल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सेना पगेनी शेयर सदस्य शकर ज्ञवाली श्रीपती कोइरला गुठीका सचिव नवराज कोइरला लगाएतले बोलेका थिए ।
सहकारीका उपाध्यक्ष मनोहरि सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका सह सचिव शिवराज वास्तोलाले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीका कर्मचारीहरु अर्जुन तिवारी र कल्पना पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरीएको थियो । त्यसै गरी उत्कृष्ट कारोवार गरे वापत शेयर सदस्य कविन्द्र पोखरेल,उत्कृष्ट बचतकर्ता बसन्त प्रसाद कोइरला, असल कारोबारमा अनिल बडगामीलार्ई सम्मान गरीएको थियो । कार्यक्रममा शेयर सदस्यका छोरा छोरीहरु मध्य प्लस टु मा उत्कृष्ट अंक ल्याउने अशिम सापकोटा र निशा नापित तथा स्नातकमा सुस्मीता वास्तोला र प्रदिप भण्डारी तथा मास्टरमा उत्कृष्ट अक ल्याउने भावना तिमल्सेनालाई समेत सम्मान गरीएको थियो । सहकारीका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव राजेन्द्र घिमिरेले सन्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...