आजदेखि विदेशबाट ल्याएका फाेन नचल्ने, लागु भयाे एमडिएमएस

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको सफट् लन्च अाज अर्थात भदौ ३० गते गर्दै छ । चार बर्ष अघि नै पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नु पर्ने झन्डै ८० करोडको प्रोजेक्ट ढिलो गरि कार्यान्वयनमा ल्याएकाे हाे ।

अाज अर्थात बिहिबार सफ्ट लन्च गरेपनि पूर्णरुपमा कार्यान्वयनमा आउन भने अझै समय लाग्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि भदौपछि नेपाल भित्रने मोबाइल दर्ता हुनै पर्ने प्राधिकरणले जनाएको छ । अब विदेशबाट ल्याएको मोबाइल दर्ता गराएर मात्रै चलाउन पाउने व्यवस्था हुने भएको छ । भदौ अघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु पर्ने छैन ।

भदौपछि पनि विदेशबाट ल्याएको तथा भन्सार छलि गरेर ल्याएको मोबाइल ब्लक हुने छन ।
एमडिएमएसको सफ्टवेयर र हार्डवेयरका उपकरणहरु नेपाल आएर जडान भइसकेका औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो ।

हाल चावहिलमा रहेको भवनमा उपकरणहरु जडान भइसकेका छन् । तर, यसका लागि आवश्यक डाटा सेन्टर भने हालसम्म आइ नसकेका कारण हाल एमडिएमएसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपालको गर्भमेन्ट इन्टिग्रेटेड डाटा सेन्टर (जीआइडीसी)लाई प्रयोगमा ल्याउने तयारी भएको प्राधिकरणका प्रवक्त्ता सन्तोष पौडेलले बताए ।

प्राधिकरणका अनुसार सफ्ट लन्चका दिन प्राधिकरणले विदेशबाट आएका तर, आइएमईआई दर्ता नभएका केही मोबाइललाई ब्लक गरेर लाईभ देखाउने छ । फुल फेजमा कहिले सञ्चालनमा आउने भने अझै टुङ्गो नभएको प्राधिकरणका अधिकारीहरु बताउछन ।अवैध बाटोबाट आयात हुने मोबाइलका कारण बार्षिक अबौं रकम सरकारले गुमाउदै गएको र अहिले मोबाइल आयात प्रतिबन्धको अवस्थामा ७० प्रतिशत मोबाइल चोरिपैठारी हुँदै आएको व्यवसायी बताउछन ।अबैध मोबाइल रोक्ने प्रमुख अस्त्रको रुपमा लिइएको एमडिएमएस अाज देखि नै कार्यान्वयनमा आउने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...