धर्म संस्कृतिको संरक्षण आवश्यक :उपसभामुख शर्मा

पाेखरा, भदौ ३१ गते । पाेखरा महानगरपालिका वडा न १४ मझेरिपाटन शिव मन्दिर काे शुक्रवार गण्डकी प्रदेश का उपसभामुख श्रृजना शर्माले उद्घाटन गर्नुभएकाे छ। मन्दिर उद्घाटन गर्दै उपसभामुख शर्माले सुखि नेपाली संमृद्द नेपाल निर्माण गर्न धर्म सस्कृतिकाे संरक्षण अावश्यक रहेकाे वताईन्। कार्यक्रममा विशेष अतिथि गण्डकीसभा सदस्य मिना गुरूङले मठमन्दिर निर्माणले जनतामा भक्ति मार्ग प्रति थप विश्वास वढाउने वताउदै सरकारवाट थप वजेटकाे पहल गर्ने वताईन्। कार्यक्रममा विशेष अतिथि पाेखरा महानगरपालिका वडा न १४ का वडा अध्यक्ष वाेधराज कार्किले वडामा मन्दिर वन्नु राम्राे भएकाे वताउदै अब एयरपाेटले पनि वडाकाे विकासमा ध्यान दिनु पर्ने वताए। कार्यक्रममा मन्दिरका सल्लाहकार रूद्द नाथ वरालले प्रदेशकाे वजेटवाट मन्दिर निर्माण भएकाेमा खुसि व्यक्त गरेका थिए। कार्यक्रममा सारदा वरालले यस क्षेत्रमा मन्दिर बनी धेरै देविदेवताकाे मुर्तिहरू हुनु सवैका लागि राम्राे भएकाे वताईन्।मझेरिपाटन शिव मन्दिर निर्माण उपभाेक्ता समितिका काेषाध्यक्ष दुर्गा खत्रिले ९ लाख १६ हजार ७ सय २५ अाम्दानि र ९ लाख ८० हजार ७ सय खर्च प्रस्तुत गरेकि थिईन्। जसमध्य गण्डकि प्रदेश सरकारवाट ५ लाख सहयाेग प्राप्त भएकाे थियाे। कार्यक्रम मझेरिपाटन शिवमन्दिर संरक्षण उपभाेक्ता समितिका अध्यक्ष किसन कुमार खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत उपसचिवव सारदा वराल र सञ्चालन प्रकाश शर्माले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...