काठमाडौं । देशका केही स्थानमा आज आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यस दिन बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर भई बहने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ ।
यस्तै, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने साना नदीहरूमा पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
आज दार्चुला, हुम्ला, मुगु, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, प्युठान, गुल्मी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, चितवन र धादिङ भई बहने नदीमा समेत आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस दिन लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साना खहरे खोला आसपास यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।