कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले रातोपाटीलाई बताए ।

ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन जोड गर्दा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनका कारण क्षेत्र परिवर्तन गर्नुपर्ने देखिएका ठाउँमा पनि उम्मेदवार तय नगरिएको उनको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...