एकीकृत समाजवादीको भागमा १९ सिट, कुन क्षेत्रमा को उम्मेदवार ? (नामावलीसहित)

काठामाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनका लागि सिटको भागबण्डा टुंग्याएको छ ।

सत्ता गठबन्धनबाट पाएको सिट संख्याको आधारमा एकीकृत समाजवादीले आफ्ना नेताहरुको नाम समेत टुंग्याएको हो ।

जसमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालससहित १९ जना रहेका छन् ।

कुन निर्वाचन क्षेत्रमा को उम्मेदवार ?

१. इलाम क्षेत्र न-१ झलनाथ खनाल

२. उदयपुर क्षेत्र न २ -जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १- माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४- कृष्णकुमार ९किसान० श्रेष्ठ

५- काठमाडौं क्षेत्र न. ८-जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २- कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १- राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २- विरोध खतिवडा

९. कास्की क्षेत्र न. २- श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २- रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २- सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २- राजु गुरुङ

१३. दाङ क्षेत्र न. १- मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा- धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १- अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १- शेरबहादुर कुवँर

१८. बझाङ- भानुभक्त जोशी

१९. डोटी- प्रेमबहादुर आले

त्यस्तै यता गठबन्धनले समग्रमा सबै क्षेत्रको सिट बाँडफाँट मिलाएको छ । शुक्रबार राति अबेरसम्ममा गठबन्धनले सिटको टुंगो लगाएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...