जिम्बाब्बेमा दश जना किसानको जलेर मृत्यु

जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो ।

यसैबीच, राष्ट्रपति इमर्सन मनानगाग्वाले देशका गरिब किसानको आगलागीमा मृत्यु भएपछि अग्नि व्यवस्थापन रणनीति बनाउन आह्वान गर्नुभएको छ । बुधबार शोक सन्देश जारी गर्दै उहाँले अग्नि व्यवस्थापन रणनीति विकास गर्नु अपरिहार्य भएको बताउँदै गर्मी याममा आगलागीको जोखिम बढ्ने भएकाले अग्नि जोखिम घटाउन नयाँ राष्ट्रिय रणनीति आवश्यक भएकामा जोड दिनुभएको हो ।

राष्ट्रपति मनानगाग्वाले वातावरण मन्त्रालय र नागरिक संरक्षण विभाग दुवैले आगो नियन्त्रणका लागि तत्काल व्यापक प्रतिकार्य पद्धति विकास गर्नुपर्ने बताउनुभएको छ । प्रचण्ड गर्मी तथा वर्षा नहुँदा जिम्बाब्वे आगलागीको ठूलो जोखिममा छ । सरकारी अधिकारीहरूले खेतखलियानका झारपातमा आगो नझोस्न किसानहरूलाई सुझाव दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...