अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरु युगान्डामा भेट्दै

अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरु युगाण्डामा भेट्ने भएका छन् । उनीहरुको बैठक युगाण्डमा हुन लागेको हो ।पछिल्ला दिनहरुमा अफ्रिकी देशहरुमा इबोला सङ्क्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि उनीहरुको बैठक बस्न लागेको बताइएको छ ।

अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरुले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो ।
युगाण्डामा रहेको विश्व स्वास्थ्य सङ्गठनमा सो बैठक बस्न लागेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताउँदै आएको छ ।

त्यसपछि सो बैठक बस्न लागेको र एकले अर्काे देशको सीमा क्षेत्रमा कडाई गर्नुका साथै इबोलाको रोकथामका लागि आवश्यक समन्वय गर्ने निर्णय स्वास्थ्य मन्त्रीहरुको सो बैठकले गर्ने भएको छ ।
युगाण्डामा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार यहाँ इबोलाका ४८ जना सङ्क्रमित भेटिएका छन् भने केही दिन यतामात्र यहाँका १७ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो समयमा अफ्रिकाका विभिन्न देशमा इबोलाको संक्रमण पाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...