पश्चिम नेपालबाट बाहिरियो मनसुन

विगतका वर्षभन्दा केही ढिलो गरी यस वर्षको मनसुन पश्चिम नेपालबाट बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पश्चिमी भूभागबाट बाहिरिएको हो।

देशका अन्य भूभागमा मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ। नेपालमा सरदर २ अक्टुबरमा मनसुन बाहिरिने गरेको छ।

यस वर्ष भने औषतभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिन शुरू गरेको हो। यस वर्ष गत जेठ २२ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...