रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।

किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । ‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नु भएको छ ।

‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु चाहिएको’ उहाँले बताउनु भएको छ । रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ ।

किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताउनु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...