हलोविन भागदौडः एक सय चवन्न जनाको मृत्यु

भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैबीच, कोरियाली प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ । प्रहरीको एक सय ६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । विशेषज्ञसहितको प्रहरी टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडियोलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...