रूसी राष्ट्रपति पुटिन, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत विश्वका नेताहरूले गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ । उहाँले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...