प्रदेश एकको मुख्यमन्त्रीमा हिक्मत कार्की

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति भएका छन ।

प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।

यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...