सन्दीप लामिछाने धरौटीमा रिहा

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएको देवेन्द्र पौडेलले बताएका हुन्।

 

अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो ।

लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई विदेश जान भने रोक लगाइएको छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरी परेको करिब एक महिनापछि असोज २० गते नेपाल फर्किएका सन्दिपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...