चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव माघ २४ देखि

पोखरा, माघ २२ गते ।तेश्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म पोखरा महानगरपालिका वडा नम्वर २३ चापाकोट म्यु पोइन्टमा महोत्सव आयोजना गर्ने तयारी गरिएको आयोजक चापाकोट पर्यटन प्रबद्र्धन समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्राकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आआर्यजनमा बृद्धि ल्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको चापाकोट पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष भिम पराजुलीले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको छ । स्थानीय पर्यटन प्रबद्र्धनका लागि लेकसाइडदेखि चापाकोटसम्मका ठाँउठाँउमा सांकेतिक बोड राख्ने, डकुमेन्टी निर्माण गर्ने वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने पुस्तक पर्चा, छपाई वितरण गर्ने योजना रहेको बताइएको छ । चापाकोट पर्यटन प्रबद्र्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउने, अहिलेको सञ्चालनमा भएको होमस्टे थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायतका योजना रहेको अध्यक्ष पराजुलीले बताए । महोत्सवमा स्थानीय उत्पादन बिक्री वितरण गरिने समितिका सचिव घनश्याम पराजुलीले बताए ।

 

महोत्सवबाट कुनै एउटा ठाँउमा मात्रै केन्द्रीत नभई सिंगो वडा नम्वर २३ का जनताहरुलाई जोडदै र सक्रिय सहभागी गराउदै वडाका मार्गी, ठूलाखेत, घाँटीछिना लगायतका ठाँउहरुमा विभिन्न कार्यक्रमहरु गरेर प्रवद्र्धन गरिने बताउनुभयो ।महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता रत्यौलि प्रतियोगिता, पुरुष दौड, महिला दौड, बाल नृत्य, दुना टपरी बन्ने झाँकी र घैदो फुटाउने प्रतियोगिता आयोजना हुने जनकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...