आज मदन आश्रित स्मृति दिवस, सम्झनामा विभिन्न कार्यक्रम

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी नेकपा एमालेले  ‘मदन–आश्रित स्मृति दिवस’को मनाउदै छ ।

 

मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज पाेखरा १६ मा रहेकाे मदन आश्रति पार्कमा श्रद्धाञ्जली सभाकाे आयाेजना र दिउँसो विचार गाेष्ठीकाे आयाेजना गरि एमाले कास्कीले दुबै नेताकाे सम्झना गरि मनाउँदै छ

 

 

गाेष्ठिलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे छ । यस्तै काठमाडौमा   ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

 

 

 

भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...