पोखरा, असार ४ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कानुनको अज्ञानता क्षम्य नहुने भएकाले कानुनी ज्ञान हुन आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ३० ले आज आयोजना गरेको दुई दिने कानुनी प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उहाँले कानुनका विषयमा महिलाहरु जानकार हुनुपर्ने बताउनुभयो । कानुनी ज्ञान नहुदाँ महिलाहरु समस्यामा पर्ने गरेको बताउदै महिलाले कानुनका विषयमा समेत जानकारी राख्नुपर्ने बताउदै भन्नुभयो, ‘महिलाहरु कानुनी ज्ञानको अभावमा समास्यामा पर्ने अवस्थाको अन्त्य गर्नका लागि उपप्रमुसंग महिला कार्यक्रम अन्र्तगत कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ ।’
उपप्रमुख गुरुङले महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म अन्य विकासले मात्रै केही नहुने जिकीर गर्नुभयो । आर्थिक रुपमा कमजोर हुदाँसम्म विकासको अन्य विकासको अर्थ नहुने भएकाले महिलालाई आर्थिकसंग जोडेर ब्यवसायिक बनाउने उद्देश्यले कार्यक्रम ल्याएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्वर ३० का वडाअध्यक्ष दुर्गाप्र्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक भिमकुमारी पुन,वडा सदस्यद्धय विनोदप्रसाद लामिछाने, उमा परियार, निर्वतमान वडा सदस्य रमा नेपाली, महिला समुहका तर्फबाट विष्णु तिवारी लगायतले बोल्नुभएको थियो ।